०४ कार्तिक २०७८, बिहिबार

दुर्गम नेप्का गाउँमा बल्ल नेपाल टेलिकमको टावर बन्दै; स्थानीयबासी हर्षित

Khabarsabaiko मंगलबार, माघ २०, २०७७

हुम्ला-चंखेली गाउँपालिका- ५ काे दुगर्म गाउँ नेप्का सञ्चारकाे पहुचमा जाेडिने भएकाे छ । अब १५ देखि २० भित्र संञ्चारकाे पहुचमा जाेडिने भएपछि दुर्गम नेप्का गाउँका स्थानीयबासी हर्षित भएका छन् ।

लामाे समयदेखिकाे प्रयास पछि नेपाल टेलिकमबाट सुनुवाई गरेपछि बल्ल सामान गाऊ पुगेकाे स्थानीय हर्कधन तामाङले जानकारी दिए ।  जिल्ला बाहिर रहेका आफान्तहरूसँग अब  घर बाटै कुरा गर्न पाउने भएपछि हर्षित भएका छन् ।

अबकाे केहीभित्र नेप्काबासी सञ्चारकाे पहुँच जाेडिने वडाध्यक्ष भैरव तामाङले बताए । टेलिकमबाट सामान आईपुगेकाे र ईन्जिनियर पनि गाउँमा पुगिसकेकाे अब सञ्चारकाे जाेडिन पाउने भएपछि गाँउनै हर्षित देखिएकाे अध्यक्ष तामाङकाे भनाई छ ।

आफान्त कुराकानी गर्न एक दिन पैदल हिडेर गाँउपालिका केन्द्र पुग्नु पर्ने झनझट मुक्त्त हुने भएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्