About Contact Links
Close
बिज्ञापन
पत्रकार महासंघ हुम्लाकाे पाँचौ वार्षिक भेला सम्पन्न

नरजन तामाङ  मंगलबार, माघ २०, २०७७ मा प्रकाशित

हुम्ला- नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाकाे वार्षिक साधारण भेला सम्पन्न भएकाे छ । महासंघ हुम्लाकाे पाँचौ वार्षिक साधारणा भेला भव्य रूपमा सम्पन्न भएकाे हाेे ।

वार्षिक साधारण भेलामा शुभकामना दिदै खापुनार्थ गाँउपालिका अध्यक्ष कर्णबहादुर रावलले पत्रकारहरू सबै साझा मञ्चका रूपमा उभिन आग्रह गरेका छन् ।समाजका अन्याय,अत्याचार,समाजका विकृति विसंगतिका विरूद्व कलम चलाउन अध्यक्ष रावलकाे भनाई छ ।

हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले पत्रकारिता फरक खालकाे व्यवसायी रूपमा हुनुपर्ने बताए । पत्रकारिता अन्य व्यवसाय जस्ताे नभएर गम्भीर व्यवसाय भएकाेले पत्रकारहरू सक्षम,सबल हुनपर्ने प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।

पत्रकार आफ्नाे क्षमता अभिवृद्धि गरि अब्बल हुनपर्न प्रमुख जिल्ला अधिकारी गिरीकाे भनाई रहेकाे छ । महासंघ हुम्ला जिल्ला साधारण भेलामा आमान्त्रित नेपाल पत्रकार महासंघका केेन्दिय सचिव लक्ष्मी पुनले पत्रकार पनि अतिसंवेदनशिल भएर आगाडी बढ्नु पर्ने बताईन ।

पत्रकारहरू आफ्नाे कलम प्रति उत्तरदायित्व र जिम्मेवार हुनुपर्छ सचिव पुनले भनिन्न । समाज भएका अन्याय अत्याचार,कुरूति विरूद्व र भ्रष्टचार नाङगे झार पार्न पनि नहट्न सचिव पुनले बताईन ।

बैठकमा जिल्ला राजनितीक दल,संञ्चारकमी,सुरक्षाकर्मी स्वास्थ्यकर्मी लगायत उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित

Skip

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

 

कानुनी सल्लाहकार

राजन चन्द

 

 

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७