२९ भाद्र २०८१, शनिबार

हुम्लामा चैतलो पर्व मनाइदै (फोटोफिचर)

Khabarsabaiko बुधबार, फाल्गुण १२, २०७७

हरेक वर्षको फागुन १२ गते जस्तै यस वर्ष पनि हुम्लामा चैतलो मनाएका छन् । परम्परादेखि नै मनाउदै आएको चैतलो पर्व सिमकोट गाउँपालिकाको वडा नम्बर १, २, ५ र ६ का महिलाहरुले धुमधामका साथ मनाएका छन् ।

महिलाहरू विषेश प्रकारको पोषाकमा सजिएर चैतालो मानाएका छन् । स्थानीय विवाहित महिलाले आफ्ना श्रीमानको दिर्घायू र घरका सबैको सुस्वास्थ्यको कामना गर्दे परम्परागत पोशाक र गरगहना लगाएर भारी, चाँड्ची गीत गाएर मनाइ रहेका हुन्।

हरेक वर्ष फाल्गुन १२ गते देखि शुरु हुने चैतालो नाचका लागि पहेंलो रंगको फरक कपडामा सजिएर सबै महिलाले सामुहिक चैतलो नाच नाचेर पर्व मनाएका छन् ।

हिउँदको समय सकिएर वर्षाको शुरुवातमै वर्षभरी घरमा र गाउँमा राम्रो होस् भनेर देवतासँग नाच र गित मार्फत प्रथाना गर्ने पर्वका रुपमा मनाइने गरिन्छ ।

हुम्लाकाे सिमकोट गाउँपालिकका केही गाउँमा मात्र मनाइने याे पर्व सबै देवताको सेवा गरेर पछि गाउँका जानमान र आफ्ना श्रीमानको भलाईमा आधारित रहेर चैतलो गित गाउँदै नाच्ने गरिन्छ ।

फागुनको शुरुवातमै पहेँलो पोसाकमा नाचिने यो नाच नाचेमा रोग, ब्यादी केहीले पनि आक्रमण गर्न नसक्ने भएकाले पनि चैतलोमा सबै महिलाले एकनासको पहेँलो कपडा लागउने गरेको स्थानिय एक महिलाले बताईन् ।

फागुन १२ गते देखि शुरु हुने यो नाच नाच्नका विवाहति महिलाले बिहान ५ बजे उठेर नुहाउने र शुरुमा देवताको त्यसपछि श्रीमानका खुट्टामा ढोगेर अन्य मान्यजनको हातबाट टिका थापेर आश्रीवाद लिएपछि खिरको खाना खाने गर्दछन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्