०६ कार्तिक २०८१, मंगलबार

अन्तराष्ट्रिय वन दिवस सर्केगाडका किसोरी, र महिलाहरूले मनाए

Khabarsabaiko सोमबार, चैत्र ०९, २०७७

अन्तराष्ट्रिय वन दिवस हुम्लाको सर्केगाडका किसोरी, र महिलाहरूको नेतृत्वमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। किसोरी, र महिलाहरूले सर्केगाडका सबै वडामा विभिन्न जनचेतना मुलक कार्यक्रम गरेर  मनाइएका छन् । दिवस वडा कार्यालय, किर्डाक, नेपाल, महिला कल्याण सेवाको प्रविधिक सहयोग र महिला, किसोरी समुह र नागरीक समाजको संयुक्त्त अयोजनामा मनाएको किर्डाक, नेपालका परियोजना संयोजक मनलाल जैसी ले जनाएका छन् ।

सो अवसरमा वन, जलवायु परिवर्तन पछिको समस्या, न्यूनिकरणमा अधारित नाटक, अन्तरिक्रिया गरेको संयोजक जैसीले जनाए । सर्केगाड वडा नं. २ रिपमा भने किसोरी र महिला समुहले बृक्षारोपण गरेर मनाएका सुस्मा रोकाले जानकारी दिएकिछन् ।

सबै स्थानमा अभियानहरू महिला र किसोरी समुहले बिना कसैको अर्थिक सहयोगमा गरेको एक किसोरीले खबर सबैको लाइ जनाएकि छन् ।सर्केगाड साँयामा सञ्चालीत कार्यक्रममा बोल्दै वडानं. ४ का कार्यबाहक अध्यक्ष धन सुनारले जलवायु परिवर्तन न्यूनिकरयमा वडाले अव महिला र किसोरीको अभियानमा साथ दिने प्रतिवद्धता जनाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्