११ चैत्र २०८१, मंगलबार

हुम्लामा पुग्यो पहिलोपटक यात्रु बस

Khabarsabaiko बिहिबार, चैत्र १२, २०७७

हुम्लाको सल्लीसल्लामा पहिलोपटक यात्रुबस पुगेको छ । नेपाली सेनाले कर्णाली करिडोर छिचोल्न सुरु गरेको ६ वर्षमा ९० प्रतिशत सडकमा गाडी गुड्न थालेपछि सल्लीसल्लासम्म पहिलोपटक यात्रुबस पुगेको हो ।

सेनाले सल्लीसल्ला खण्डसम्म ट्र्याक खोलेपछि चंखेली गाउँपालिका– ४ का दन्तबहादुर शाहीले जिल्लामै पहिलोपटक यात्रुबस चंखेलीको सल्लीसल्ला पुगाएको जानकारी दिए ।

कर्णाली प्रदेश ००१ ख ०४०२ को बस हुम्लाको चंखेली गाउँपालिकाको सल्लीसल्ला पुगाएको शाहीले बताए । सुर्खेत हुँदै हुम्ला पु¥याएको यो बस बाजुरा र हुम्ला जिल्लाको हकमा पहिलो हो ।

सुर्खेतबाट अघिल्लो दिन हिँडेको बस हुम्लाको अदानचुली गाउँपालिकामा दोस्रो दिन पुगेको छ । कालिकोटको जितेमा पुल नहुँदा अछामको मंगलसेन हुँदै हुम्ला ल्याइएको बताइएको छ ।

हुम्लाको चंखेलीमा पहिलोपटक ल्याइएको बसलाई बाजागाजाबाट भव्य स्वागत गरिएको छ । बस गाउँमा पुगेपछि चंखेली गाउँपालिका– ४ को सल्लीसल्लामा भव्य स्वागत गरिएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्