०२ जेठ २०७९, सोमबार

नेपाल पत्रकार महासंघको आगामी तीन वर्षे कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ

Khabarsabaiko बुधबार, चैत्र २५, २०७७

नेपाल पत्रकार महासंघको आगामी तीन वर्षे कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ । महासंघको झण्डै ७ दशकको इतिहासमा पहिलोपल्ट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन हुन लागेको हो ।

महासंघको केन्द्रीय नेतृत्वमात्र होइन, प्रदेश, प्रतिष्ठान, एसोसियट र जिल्ला शाखाहरुको नेतृत्वका लागि पनि आजै मतदान हुनेछ । महासंघले भ्रममा नपरी आफूले मतदान गर्न पाइनेहरुलाई मात्र मतदान गर्न आग्रह गरेको छ । मतदान आन विहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । देशभरबाट १३ हजारभन्दा बढी पत्रकारले मतदान गर्न पाउनेछन् ।

महासंघका पदाधिकारी र सदस्यलाई देशभरका सदस्यले मतदान गर्न पाउँछन् । त्यसबाहेक प्रदेशका लागि सम्बन्धित प्रदेशमा सदस्यता भएकाले मात्र पाउनेछन् । उपत्यका, एसोसियट र प्रतिष्ठानमा सदस्यता हुनेले केन्द्रका बाहेक आआफ्नो प्रदेशका उम्मेदवारलाई मतदान गर्न पाउनेछन् । त्यस्तै उनीहरुले आआफ्नो प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यका उम्मेदवारलाई पनि मतदान गर्न पाउँछन् ।

जिल्ला, प्रदेशका विभिन्न स्थानमा मतदान स्थल तोकिएको छ । उपत्यकाको हकमा प्रतिष्ठान, उपत्यका र एसोसियटका लागि छुट्टाछुट्टै मतदानस्थल छ । महासंघको चुनाव सहज र मर्यादिन रुपमा सम्पन्न गराउन महासंघले केन्द्रीय पदाधिकारीलाई सबै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

यसपल्टको निर्वाचनमा मुख्य गरी दुई प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्