०६ बैशाख २०८१, बिहिबार

पहिलो राष्ट्रिय मेयर सम्मेलनमा मेयरहरूकाे साईकल दाैडमा नाम्खा अध्यक्ष लामा दृतिय

Khabarsabaiko बुधबार, बैशाख ०१, २०७८

हुम्ला- पर्यटकिय शहर पाेखरामा भएकाे पहिलो राष्ट्रिय मेयर सम्मेलनमा मेयरहरूकाे साईकल दाैडमा नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामा दृतिया भएका छन् । प्रथम वालिङ नगरका मेयर र दृतियामा नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामा भएका हुन ।

नयाँ वर्षकाे सुरूवातमै राष्ट्रिय मेयर सम्मेलनमा दुर्गम जिल्ला हुम्लाकाे नाम्खा गाउँपालिकाबाट प्रतिनिधित्व गरेका लामा दृतिय स्थानमा हात पारेका छन् ।

८ ताेला चाँदीकाे मेडल,कप,प्रमाणपत्र सहित अध्यक्ष लामा आफू सम्मानित भएकाे नाम्खा अध्यक्ष लामाले जानकारी दिए । १५ किलाेमिटर साईकल दाैडमा दृतिय स्थानमा जितेकाे अध्यक्ष लामाले बताए ।

पाेखराकाे लेकसाईटकाे हलिङदेखि सभा गृहसम्म साईकल दाैड भएकाे थियाे । दुर्गम जिल्लाबाट साईकल दाैडमा सहभागि भई दृतिय स्थान जितेका छन ।  ७५३ वटै स्थानीय तहका प्रमुखहरु मध्ये १६ गाउँपालिका र नगरपालिकाबाट उपस्थित भएकाे जनाईकाे छ।

यहाँ कमेन्ट गर्नुहोस्