१४ मंसिर २०८०, बिहिबार

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ पुगे कर्णाली करिडोर अनुगमनमा

Khabarsabaiko मंगलबार, बैशाख ०७, २०७८

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ सहितको एक टोलिले कर्णाली करिडोरको अनुगमन गरेको छ । उक्त आयोजनाको सुर्खेतबाट हुम्लासम्मको हवाई मार्गबाट अनुगमन गरिएको हो । हवाइ अनुगमन पश्चात सदरमुकाम सिमकोटमा हुम्लाबासीलाई सम्बोधन गदै मन्त्री नेम्वाङले यो परियोजना नेपाल सरकारको उच्च प्रथामिकतामा रहेको जनाकारी दिनुभयो ।

नेपालको एकमात्र जिल्ला राष्टिय सडक सञ्जामा नजोडिएकाले यो पहिलो प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रममा प्राथमिकतामा राखेर समेट्ने मन्त्री नेम्वाङले बताउनुभयो ।

प्रधानमन्त्रीको निर्देशन र आफ्नो पनि यस आयोजना प्रतिको उच्च चासोको कारण हवाई तथा स्थल मार्गबाट अनुगमन गर्न हुम्ला पुगेको उहाँले बताउनुभयो ।

उक्त आयोजना आगामी आर्थिक वर्ष २०७८ मा पुरा हुने समेत मन्त्री नेम्वाङले बताउनुभयो । आयोजना अनुगमन गर्न मन्त्री नेम्वाङ नेतृत्वको टोलीमा सांसद रंगमति शाही र कविता बोगटी, मन्त्रालयका सचिव रवीन्द्रकुमार श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल, प्रधानमन्त्रीका विकास विज्ञ इन्जिनियर गजेन्द्रप्रसाद थपलियालगायतको टोली हुम्ला पुगेको थियो । टोली नेपाली सेनाको हेलिकोप्टरबाट आएर सोमबार सुर्खेत फिर्ता भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: