०६ चैत्र २०८०, मंगलबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिरहेको जनाएको छ..

Khabarsabaiko शुक्रबार, बैशाख १७, २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिरहेको जनाएको छ। यसरी संक्रमण फैलिरहेको हुँदा सर्वसाधारणहरूलाई जनस्वास्थ्यका मापदण्डहरूको कडाइका साथ पालना गर्न अनुरोध गरेको छ।

शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अहिले कोरोना भाइरसको संक्रमण निकै उच्च गतिमा फैलिरहेको बताएको हो।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा  मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको  भनिएको छ।

त्यस्तै, मन्त्रालयले कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने काम पूर्ण रूपमा नगर्न अपिल गरेको छ।

विज्ञप्तिहराैं

यहाँ कमेन्ट गर्नुहोस्