०६ चैत्र २०८०, मंगलबार

ग्रिनजोन रहेन हुम्ला ८ जनामा कोरोना पुष्टी

Khabarsabaiko सोमबार, बैशाख २०, २०७८

हुम्ला –ग्रिनजोका रुपमा लिइएको हिमाली जिल्ला हुम्लामा सोमबार मात्रै ८ जना कोरोना संक्रमणको पुष्टी भएको छ । सुर्खेत र नेपालगञ्जबाट हवाई मार्ग भएर हुम्ला पुगेको यात्रुहरुमा एन्टीजेन परिक्षण गर्दा ८ जनालाईमा पुष्टी भएको हो । सोमबार नेपालगञ्ज र सुर्खेत हुम्ला पुगेका ४० जना यात्रुलाई एन्टीजेन परिक्षण गर्दा ८ जनामा संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिहंले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा सिमकोट–२ का २३ वर्षिय पुरुष, खार्पुनाथ–४ का १७ वर्षिय पुरुष, सर्केगाड–४ का २० वर्षिय पुरुष, खार्पुनाथ–३ का २० वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसैगरी बिहान सिमकमोट विमानस्थलमा ओर्लेका खार्पुनाथ–३ का १८ वर्षिय पुरुष, सिमकोट–१ की २० वर्षिय महिला, सिसमको–८ का १६ वर्षिय पुरुष, खर्पुनाथ–२ का ३४ वर्षिय पुरुष र सर्केगाड–२ का २१ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पतालका भक्ति फडेराले जानकारी दिए ।

परिक्षण नगरी भित्रिए गाउँ गाउँमा

गएको १५ गते सम्म सम्म सुर्खेत ,नेपालगञ्ज काठमाडौ लगायतका शहरहरुबाट पिसियार परिक्षण बिनानै गाउँ गाउँ भित्रिएका छन । बाजुरा हुदै कबाडीबाट ७८ जना मुगुबाट चंखेली हुदै ३ सय ११ जना र सिमकोट विमानस्थल हुदै २ सय ३३ लकडाउन भएसँगै ६ सय २२ जना भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्