१५ चैत्र २०८०, बिहिबार

निषेधाज्ञाको समयमा नेपाल टेलिकमले गर्यो सस्तोमा डाटा तथा भ्वाइस प्याक अफर

Khabarsabaiko मंगलबार, बैशाख २१, २०७८

कोरोना भाईरस (कोभिड–१९-)को कारणले लागु गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमले सस्तो मूल्यका डाटा तथा भ्वाइस प्याक अफर सार्वजनिक गरेको छ ।
मंगलबार एक प्रेसविज्ञप्ती जारी गर्दे टेलिकमले देशैभर लागु गरिएको निषेधाज्ञाको समयमा टेलिकम कम्पनीका मोबाइल सेवा लिने ग्राहकहरुका लागि आकर्षक सुविधाहरु उपलब्ध गराइए उल्लेख गरेको हो ।कम्पनीले एक जीबी प्रतिदिन बोनस सहितको भ्वाइस प्याक लिदाँ २८ दिनसम्म प्रत्येक दिन एक जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने गरी ६४९ रुपैयाँमा सेवा उपलब्ध गराएको छ ।

अर्को ७ दिनका लागि १/५ जीबी प्याक ७ दिनसम्म १/५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी ९५ रुपैयाँमा सेवा उपलब्ध गराएको जनाएको छ । त्यसै गरी दुई घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक दुई घण्टासम्म असीमित डाटा चलाउन ३० रुयैयाँमा यो सुविधा उपलब्ध गराएको छ ।त्यसै गरी ५०० एमबी प्रतिदिन डाटा प्याक २९९ रुपैयाँमा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी सेवा उपलब्ध गराइएको छ ।

प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार *१४१५ # डायल गरि दिइएको निर्देशन पालन सेवा लिन सकिने टेलिकमले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्