०७ बैशाख २०८१, शुक्रबार

“रेलको बाटो” लेडिज भर्सन गित सार्वजनिक भएको छ

Khabarsabaiko शुक्रबार, बैशाख २४, २०७८

“रेलको बाटो”को लेडिज भर्सन गित सार्वजनिक भएको छ ।

हुम्लाको सिमकोट, ठेहे, यालबंग लगाएत क्षेत्रमा छायांकन भएको यो गित विहिबार सार्वजनिक भएको हो ।

यस अघि मेल भर्सन डोल्पा जिल्लामा छायाकङ्कन भएपनी, यस पटक हुम्लामै छायाँकङ्कन गरिएको छ ।

राष्ट्रिय सडक सञ्जाल नजोडिदा हुम्लाको बिकटता, हुम्ली बासीले भोगिरहेको यातायात, स्वास्थ्य शिक्षा लगायत समस्यालाई गितको भिडियो मार्फत देखाईएको छ ।

निर्देशक लक्ष्मण सुनारका अनुसार यस अघि डोल्पा जिल्लामा छायाँङ्कन भएको गित सर्जकहरुले हुम्लामै छायाँङ्ककन गर्न माग गरेपछि लेडिज भर्सनका लागि हुम्लामा पुगेर छायांकन गरिएको हो ।

सर्जक लेखराज गिरीको शब्दमा रचिएको यो गित यस अधि सुरज पण्डितको स्वरमा रहेको थियो । यसको लेडिज भर्सनमा सुर्खेती कलाकार स्मृती शाहीले स्वर दिएकी छन् ।

गित छाँयाङ्कनका लागि निर्देशक लक्ष्मण सुनार, कलाकार चिरञ्जिवि सापकोटा, सरस्वती खत्री र लक्ष्मण देवकोटा लगायतको टोली हुम्लामा पुगेको थियो ।

भिडियो हेर्नुहोस्

यहाँ कमेन्ट गर्नुहोस्