०२ जेठ २०७९, सोमबार

नेपालमा कोरोना संक्रमणबाट एकै दिन एक सय ९६ जनाको मृत्यु, आठ हजार २०३ संक्रमित थपिए

Khabarsabaiko मंगलबार, जेठ ०४, २०७८

नेपालमा कोरोना संक्रमणबाट एकै दिन एक सय ९६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या पाँच हजार चार सय ११ पुगेको छ ।

पछिल्लो २४ घन्टामा आठ हजार दुई सय तीनजना संक्रमित थपिएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या  एक लाख १४ हजार पाँच सय २९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ६ हजार आठ सय ९१ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या तीन लाख ५३ हजार चार सय १४ पुगेको छ । नेपालमा निको हुने दर ७४.६ प्रतिशत रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्