०६ बैशाख २०८१, बिहिबार

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाए

Khabarsabaiko बिहिबार, जेठ ०६, २०७८

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारीका सन्दर्भमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।​

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्।

ध्यानाकर्षण पत्र सहित सभापति देउवासँग नेता कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, सह महामन्त्री प्रकाशशरण महत, नेता डा. रामशरण महतलगायत नेता सिंहदरबार पुगेका थिए ।

अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव देखिएकोले तत्काल व्यवस्थापन मिलाउन पनि देउवाले बुझाएको पत्रमा उल्लेख छ । कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोप ल्याएर सबै नागरिकलाई लगाउन र खोप खरिद लगायतमा देखिएका अनियमितता छानविनको माग गरिएको छ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्