०५ कार्तिक २०८१, सोमबार

राष्ट्रिय सभा उपनिर्वाचनको मतदान सकियो, ९६ प्रतिशत मत खस्यो

Khabarsabaiko बिहिबार, जेठ ०६, २०७८

हेटौडा राष्ट्रिय सभा उपनिर्वाचनअन्तर्गत बागमती प्रदेशको मतदान सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माविमा बिहान ९ बजेबाट सुरु मतदान दिउँसो ३ बजे सकिएको हो । तीन सय ४७ मतदातामध्ये तीन सय ३७ मत खसेको छ ।

स्थानीय तहबाट दुई सय ३८ मतदातामा दुई सय ३२ मत खसेको छ । जसमा ६ जना अनुपस्थित रहे । त्यस्तै प्रदेश सभाबाट एक सय नौजना मतदाता रहेकोमा एक सय पाँचजना उपस्थित थिए भने चारजना उपस्थित भएनन् ।

उपस्थित नहुनेमा माओवादी केन्द्रका एक सांसद र विवेकशील साझा पार्टीका तीन सांसद छन् । विवेकशीलले यसअघि नै सहभागी नहुने जानकारी गराइसकेको थियो ।

साढे चार बजेबाट मतगणना सुरु हुने प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए

यहाँ कमेन्ट गर्नुहोस्