१६ चैत्र २०८०, शुक्रबार

खार्पुनाथ सामुदायिक अस्पतालमा आधारभुत ल्याब सेवा

Khabarsabaiko बिहिबार, जेठ ०६, २०७८

हुम्ला–खार्पुनाथ गाउँपालिकाले सामुदायिक अस्पतालमा आधारभुत ल्याब सेवा सञ्चालन गरेको छ । सामुदायिक अस्पतालबाट सेवा प्रवाह गर्ने उद्देश्यले आधारभुत ल्याब सेवा सञ्चालन गरेको हो ।

गाउँपालिका अध्यक्ष कर्ण रावल उपाध्यक्ष रुपा शाही र कार्यपालिका सदस्यहरुको उपस्थितीमा बुधवार उदघाटन गरी सञ्चालन गरेको खार्पुनाथ गाउँपालिका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए ।

सामुदायिक अस्पतालबाट आधारभुत सेवा प्रबाह सञ्चालन हुने स्वास्थ्य संयोजक शाहीले बताए । गुणस्तरिय सेवाको लागि हाम्रो प्रयास सुरुवात भएको स्वास्थ्य संयोजक शाहीको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्