०१ कार्तिक २०७८, सोमबार

उपचार नपाएर हुम्ला एक जनाकाे मृत्यु

Khabarsabaiko शुक्रबार, आषाढ ०४, २०७८

हुम्ला- जिल्लाकाे दक्षिणी अदानचुली गाउँपालिकामा उपचार नपाएर एक जनाकाे मृत्यु भएकाे छ ।

पाँच दिनदेखि पेट दुखेर बिरामीले थला परेका अदानचुली गाउँपालिका -५ का ४५ वर्षका बद्वि छत्यालकाे मृत्यु भएकाे हाे । लाैठी स्वास्थयचाैकीमा उपचार हुन नसकेका छत्याललाई गाडीमा सुर्खेत लिन खाेज्दा लगातार वर्षाले सडक भत्किएपछि घरमै मृत्यु भएकाे उनका भाई माेहनराज छत्यालले,जानकारी दिए ।

सडक भत्केर सुर्खेत लिन नसकेपछि अकालमै ज्यान गएकाे छत्यालले बताए ।हेलिकप्टर चार्टर गर्न घरकाे हैसियत भएन १० लाख कहाँबाट तिर्नु उनले भने । सुविधा सम्पन्न अस्पताल नहुदाँ गरिबिले अकालमै ज्यान
गुमाउनु परेकाे दुखेसाे गरे ।

यहाँ कमेन्ट गर्नुहोस्