०२ कार्तिक २०८१, शुक्रबार

हुम्लामा स्काभेटर पुरिँदा चालककाे मृत्यु

Khabarsabaiko सोमबार, आषाढ १४, २०७८

हुम्ला- सडक निर्माणका क्रममा स्काभेेटर पुरिँदा चालककाे मृत्यु भएकाे छ ।अदानचुली गाउँपालिका -५ काे सेेरामा सडक खन्ने  क्रममा स्काभेेटर पुरिँदा बर्दिया घर भएका २६ वर्षका  सन्तोष थारूकाे मृत्यु भएकाे हाे ।

सडक खनिरहेकाे बेला माथि बाट अाएकाे माटोको ढिस्कोले स्काभेटर पुरिँएर चालक भएकाे सन्ताेष थारूकाे मृत्यु भएकाे स्थानीयबासी बल बहादुर शाहीले जानकारी दिए । स्थानीय र प्रहरी मिलेर लास निकालिएकाे जनाइएको छ । करिब बेलुका ६ बजेतिर सडक खन्ने क्रममा माटोले स्काभेटर पुरिएको शाहीले खबर सबैको लाइ जानकारी दिए ।

माटोको ढिस्को अाउँदा स्काभेटरमा संगै रहेका सहयाेगी भने हाम फालेर बचेकाे शाहीले जनाएका छन् । मृतक थारू बर्दिया निवासी रहेको स्कभेटर सहयोगिले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी हुम्लाका अनुसार श्रीनगर प्रहरीचाैकीबाट असई नेतृत्वमा घटना हिडेकाे बिस्तृत जानकारी आउन बाँकी रहेकाे जनाएकाे छ । चालककाे विवरण खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्