Khabarsabaiko मंगलबार, आषाढ १५, २०७८

हुम्ला- गिठ्ठि बाेकेेकाे टिपर पल्टिएर दुर्घटना भएकाे छ । सिमकाेट गाउँपालिका – ६ काे लाग्नाबाट गिठ्ठि ल्याएर बजार तर्फ आउदै गरेकाे टिपर दुर्घटना भएकाे हाे ।
गिठ्ठि बाेकेकाे ना ८ ख ६६०३ नम्बरकाे टिपर दुर्घटना भएकाे टिपरका मालिक नन्द शाहीले जानकारी दिए । सडक चाैडा नहुदाँ बिच सडकमा जथाभावी पार्किङ गर्दा ड्रइवाल भत्किएर गिठ्ठि बाेकेकाे टिपर सिमकाेट-६ स्थित लादेबाडामा दुर्घटना भएकाे छ ।
सडकमा जभाभावि पार्किङ गर्दा साेमबार राति बाेलेराे जिप पनि गँहु बारीमा खसेकाे थियाे भने मंगल साढे ४ बजेतिर टिपर पनि दुर्घटना भएकाे छ ।
गिठ्ठि बाेकेर सिमकाेट बजार आउने त्रममा दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय बाट प्रहरी र टाफिक लादेबाडा पुगेकाे छ । सडक साघुराे छ सडकका छेउमा जथाभावी बाेलेराे जिप र ट्याक्टर पार्किङ गरिएका छन ।
यहाँ कमेन्ट गर्नुहोस्