०७ बैशाख २०८१, शुक्रबार

मालपोत कार्यालय हुम्लाले अनलाइन बाट सेवा दिंदै

Khabarsabaiko आइतबार, आषाढ २०, २०७८

हुम्ला जिल्ला मालपोत कार्यालयले भू सूचना प्रणाली मार्फत अनलाईन सेवा शुचारु गरेको छ । देशभरिका १८ जिल्लामा यस आर्थिक बर्षबाट उक्त सेवा शुरुचारु गर्ने विभागको तयारी अनुसार यस जिल्लामा पनि सो सेवा शुरु गरिएको मालपोत कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख रबिन्द्र शाहीले बताए ।

यो भन्दा पहिल अफ लाइनबाट जग्गाको कारोवारो हुने गरेको भए पनि अबदेखि अनलाइनबाट सेवा प्रबाह हुने कार्यालय प्रमुख शाहीले बताए । भूमि ब्यवस्थापन तथा अभिलेख विभागको आयोजनामा हुम्ला, रुकुम पूर्व र जस्पुर प्युठान मालपोत कार्यालयको एकैसाथ मन्त्रालयका सचिब टेक नारयाण पाण्डेले उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोेल्दै मन्त्रालयका सचिब अबका दिनमा मालपोत कार्यालयलाई लाग्दै आएका लाल्छान सो सेवा प्रवाह भएपछि बन्द हुने बताए । अबका दिनमा पेपरलेस मालपोत कार्यालय हुने उहाँले बताएका छन् । विभिन्न समस्याका बाजजुद पनि हुम्ला जस्तो विकट जिल्लामा उक्त सेवा शुरु भएपछि सेवाग्रहीको गुनासो कम आउने र सेवाग्रहीले सहज रुपले छिटो छरितो सेवा पाउने विभागमा महानिर्देशक शेष नाराण पोडेले बताए ।

यो सेवा सुरू भए संगै मालपोत कार्यालयबाट संचालन हुने जग्गा लिखत पारित नामसारी शंसोधन रोक्का फुकुवा सबै कार्यहरु अनलाइन सेवा मार्फत संचालन हुने भएका छन् ।

अनलाइन सेवा शुरु भएपछि अबदेखि हातले गर्ने कारोवारो सवै बन्द हुने र सेवाग्रहीलाई सहज हुने कार्यालय श्रोत्तले जनाएको छ । औठा छाप फोटो कागतजात अन लोड लगाएतका कार्यहरु पनि डिजिटल माध्यमबाट अनलाइन सेवा मार्फत हुने भएको जनाइएको छ ।

अनलाइन सेवा शुरु भएसंगै राजश्व समेत उक्त सफ्टवयरले निकाल्ने भएकाले ठगी हुने जस्ता अनैतिक कार्य बन्द हुने विश्वास गरिएको छ ।  १ सय १८ स्थानमा यो आर्थिक बर्षबाट सेवा शुरु गरिएको विभागले जनाएको छ ।

१ सय २६ मालपोत कार्यालय मध्ये अब ८ बटा मालपोत कार्यालयमा पनि यो हप्ताभित्र सो सोवा शुरु हुने विभागले जनाएको छ ।

आज जुम बैठक मार्फत एकै साथ हुम्ला, रुकुम पूर्व र जस्पुर प्युठान गरि तिन जिल्लामा उक्त सेवा विभागबाट उद्घाटन गरिएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्