०२ जेठ २०७९, सोमबार

विश्व हिन्दू परिषद् नेपालले आज देशव्यापी प्रदर्शन गरेको छ

Khabarsabaiko बिहिबार, साउन ०७, २०७८

साउन ७, काठमाण्डौ। विश्व हिन्दू परिषद् नेपालले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध आज देशव्यापी प्रदर्शन गरेको छ ।

हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषद्ले राजविराज, विरगंज जस्ता देशका मुख्य शहरहरूमा प्रदर्शन गरेको हो । विश्व हिन्दू परिषद नेपालका समर्थक एवं हिन्दूवादी युवाहरुले डा.भट्टराई विरूद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए ।

हिन्दू विरूद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशिघ्र कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद नेपालले माग समेत गरेको छ ।

साथै सनातन धर्म विरोधी तत्वहरुलाई समय मै पहिचान गरी समाजिक बहिष्कार गर्न सम्पूर्ण नेपाली लाई अपिल विश्व हिन्दू परिषद् नेपालले गरेको छ  ।

यहाँ कमेन्ट गर्नुहोस्