१८ आश्विन २०८१, शुक्रबार

सोमबार र मंगलबार काठमाडौंमा कोभिशिल्डको लगाइने

Khabarsabaiko आइतबार, साउन २४, २०७८

नेपालमा कोभिड १९ तिब्र रूपमा बढी रहेकाे अवस्थामा सोमबार र मंगलबार काठमाडौंमा कोभिशिल्डको दोस्रो मात्रा लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन २२ गतेको निर्णयानुसार काठमाडौं महानगरपालिकासहित कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, दक्षिणकाली, बूढानीलकण्ठ, टोखा, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका कोभिशिल्डको दोस्रो डोज पाउनुपर्ने नागरिकलाई खोप लगाउन लागिएको हो ।उल्लेखित नगरपालिकाको खोप केन्द्र यसअघि भेरोसेलको दोस्रो मात्रा लगाउँदा कायम भएका केन्द्रहरु नै तय गरिएको छ ।

स्वास्थ्य कार्यालयले विद्युतीय दर्ता अनिवार्यरुपमा गराइ स्वास्थ्य मापदण्ड पालना गरेर खोप लगाउने कार्य गर्न अनुरोध पनि गरेको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कोभिशिल्डको पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्र लगाउन लागिएको हो ।

 

यहाँ कमेन्ट गर्नुहोस्