०६ चैत्र २०८०, मंगलबार

‘योगदान राष्ट्रका लागि’ ले हुम्लामा मास्क लगाउँ अभियान सञ्चालन

Khabarsabaiko मंगलबार, साउन २६, २०७८

नेपालमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा हुम्लाको सिमकोटमा मास्क लगाउ अभियान सञ्चालन भएको छ । सोमबार ‘योगदान राष्ट्रका लागि’द्वारा सिमकोट बजारमा मास्क नलगाउने लाइ मास्क लगाउन अनुरोध गर्दै एक अभियान सञ्चालन गरेको छ । सो अभियानमा अति विपन्न र मास्क नलगाएर बजारमा हिंडि रहेका लाइ मास्क वितरण गरेको हो ।

अभियानमा ५ सय लाइ मास्क वितरण गरिएको ‘योगदान राष्ट्रका लागि’ अभियानका जिल्ला संयोजक उजिर बोहराले बताए । केही दिन यता सिमकोट बजारमा मास्क नलगाउने संख्या बढी देखिन थालेपछी यो अभियान सञ्चालन गरेकाे संयोजक बोहराले जानकारी दिए ।

तर, केही दिन यता  हुम्लाको सदरमुकाम सिमकोट बजारमा मास्क वितरण गर्ने होड पनि चलि रहेको छ ।

दुई दिन अगाडि प्रहरीले तपाईको माक्स खोई भन्ने अभियान सञ्चालन गरेको थियो भने, सोमवार ‘योगदान राष्ट्रका लागि’द्वारा मास्क वितरण गरिएको हो ।

अबस्था हेरेर आयोजकले पाँच वटासम्म मास्क वितरण गरेको जनाइएको छ । वितरण सिमकोट विमानस्थलमा भरियाको काम गर्ने कामदार र अतिविपन्न लाई प्रदान गरेकाे आयोजकले जनाएको छ ।

आगामी दिनमा हुम्लाकै खार्पुनाथ र सर्केगाडमा समेत यस्तै अभियानका लागि सोचिरहेको कुरा बोहराले खबर सबैको लाइ जानकारी दिए । कार्यक्रममा सदस्यहरुको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्