१५ मंसिर २०८०, शुक्रबार

प्रसूतिगृह निर्माण पछि लिमी बासि हर्षित

पदम हमाल शनिबार, आश्विन १६, २०७८

हुम्ला- नाम्खाको हल्जीमा प्रशूतिगृह उद्घघाटन भएको छ। दुर्गम नम्खाको हल्जीमा लिमी भ्याली को जाङ, हल्जी र तिला गाउँका महिलाको प्रशुती समस्या लाई मध्यनजर गरि स्थापना गरिएको छ । प्रशुतीगृह छाँया नेपालको आर्थिक सहयोग, स्नोल्याण्ड,हुम्लाको  र नाम्खा गाउँपालिकाको समन्वयमा निर्माण गरिएको हो । करिब दुई महिनामा तिनकोठे सुविधा सम्पन्न भवन निर्माण पछि आज एक कार्यक्रम गरी भवन उद्घाटन तथा स्थानिय निकाय लाई हस्तान्तरण गरेको स्नोल्याण्ड एकिकृत, हुम्लाका कार्यकारी निर्देशक गोबिन्द शाहीले खबर सबैको लाई जानकारी दिए ।
भवन निर्माणमा करिव सत्तरी लाख लागेकको र अावश्यक उपकरण र अाैषधि पनि सहयोग गरेको शाहीले जनाएका छन् ।
सो हस्तान्तरण कार्यक्रममा बोल्दै एक महिलाले स्थानिय महिलाको पिडा बुझेर प्रशुती गृह निर्माणले महिलाको धन र ज्यान जोगिने भन्दै धन्यबाद दिएकि छन् ।
दुई वर्षको लामो अथक प्रयास पछि निर्माण भएको भवन र अन्य व्यवस्था लाई दिगो बनाउन अब गाउँपालिका र स्थानिय थप लाग्नु पर्ने कुरा  छँाया, नेपालका कार्यकारी निर्देशक कमल थापाले भने ।
भवन निर्माण र अन्य सामाग्री सहयोगका लागि संस्थाहरू लाई धन्यबाद दिंदै प्रशुतीगृहको सेवा र दिगोपनका लागि अाफु लाग्ने गाउँपालिका अध्यक्ष बिष्णु लामाले प्रतिवद्धता जनाए छन्  ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: