०२ कार्तिक २०८१, शुक्रबार

हुम्लामा पहिरोमा परी ६ जनाको मृत्यु, लाखौँको क्षति

खबरसबैकाे बुधबार, कार्तिक ०३, २०७८

हुम्ला-दुई दिनदेखि लगातार परेको वर्षाका कारण घर भत्किँदा हुम्लामा ६ जनाको मृत्यु भएको छ भने लाखौँको क्षति भएको छ। खार्पुनाथ गाउँपालिका– ५ खर्पेल गाउँमा पहिरोले घर भत्किँदा एकै घरका ६ जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेहरूमा ६५ वर्षीय धनवीरे शाही, उनका १० वर्षका भतिजा अलिन्द शाही, ५५ वर्षका कलबहादुर शाही, ३० वर्षीया धोक्ची शाही, ६ वर्षीय छोरा हुमेश शाही र २ वर्षीय छोराको ज्यान गएको हो।

बस्ती जोखिमयुक्त भएपछि स्थानीय हिजो रातिदेखि माडुमा सहारा लिएर वास बसेका खार्पुनाथ गाउँपालिका– ५ का प्रकाशबहादुर शाहीले बताए। जिल्ला  प्रहरी कार्यालय हुम्लाका डिएसपी सदरमुकाम सिमकोटबाट घटनास्थलतर्फ निस्किएका छन्।

घटनास्थल खार्पुनाथ गाउँपालिका याङचुबाट एक–दुई घन्टा र सदरमुकाम सिमकोटदेखि चार–पाँच घन्टा पैदल दूरीमा रहेको कार्यालयका हुम्लाका डिएसपी हेरम्भ शर्माले जानकारी दिए।

लाखौँको क्षति
अविरल वर्षाले हुम्ला जिल्लाभरि ठूलो क्षति पुर्‍याएको छ। क्षतिको यकिन विवरण नआए पनि किसानले खेतबारीमा पाकेर घर भित्र्याउन थालेको अन्नपात बगाउँदा ठूलो क्षति व्यहोर्नुपरेको छ। खेतबारीको कोदो, चिनो, धान, लठ्ठे, मकैलगायत बगाएको अदानचुली गाउँपालिका– ५ का स्थानीय जय बहादुर शाहीले बताए। उनका अनुसार यहाँ चारवटा घर भत्किएको छ। यस्तै सर्केगाड गाउँपालिका– २ रिपमा एक घर भत्किएको छ भने लाखौँको अन्न बालीमा क्षति भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्