१६ चैत्र २०८०, शुक्रबार

कर्णालीमा सत्ता प्राप्त नहुने देखेर शाही आक्रोशित, गठबन्धन भत्काउनुपर्नेमा सर्मथन

खबरसबैकाे बुधबार, कार्तिक ०३, २०७८

सुर्खेत -पछिल्लो समयमा कर्णालीमा सत्ता परिवर्तन हुने भनेर हल्ला खल्ला मच्चाइएपनि वास्तविकतामा काँग्रेस नेता जीवन बहादुर शाही मुख्यमन्त्री नहुने देखिएपछि पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध खनिन थालेका छन् । कर्णालीमा आफू मुख्यमन्त्री हुन पाउनुपर्ने भन्दै तीव्र लविङ गरेका नेता शाहीले केहि दिन अघि मात्रै आफूलाई मुख्यमन्त्री बनाउन असहयोग गरिएको आशय सहितको स्टाटस लेखेका थिए । त्यसको केहि दिन व्यापक मात्रामा मिडियावाजीमा लागेका नेता शाहीले वर्तमान केन्द्रीय गठबन्धन भत्कनुपर्ने खालको पोस्ट शेयर गरेका छन् ।
फेसबुकमा केशव प्रसाद भट्टराईले लेखेको ‘आज शेरबहादुर देउवाबारे’ भन्ने पोस्ट शेयर गर्दै काँग्रेस नेता शाहीले केपि ओली र देउवाबीच सहमति र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
‘व्याक च्यानल पोलिटिकल डायलगम गर्नमा ओलीले पनि उत्साह र तदारुकता देखाएमा मंसिरमा पार्टीको महाधिवेशन पछि देउवा वैशाखमा चुनाव गर्ने निर्णयमा पुग्न सक्छन् ।’ छ बुंदे लामो पोस्टको अन्त्यमा लेखिएको छ, ‘त्यो नै यो राजनीतिक अन्यौल र गतिहिनताको एक मात्र उपाय हो । किनकी, ओली र देउवा भावी राजनीतिक कोर्समा न्यूनतम सहकार्य गरुन र हालको गठबन्धन राष्ट्र र प्रजातन्त्रको हितमा छैन भन्नेमा म विश्वस्त छु ।’
नेता शाहीले पछिल्लो समयमा देउवाको विरुद्धमा स्टाटस लेख्ने देखि उनका विरुद्धका पोस्टहरु समेत सामाजिक सञ्जालमा शेयर गर्ने गरेका छन् ।
उनले लेखेका छन्, ‘जुन नेताहरुका लागि ज्यान फालेर लागिन्छ, उनीहरुले नै विश्वास गर्दैनन भने विश्वास गर्नेतिर नै लाग्दा वेश हुन्छ कि जस्तो लाग्न थाल्यो ।’
उनले पछिल्लो समयमा स्टाटसमार्फत आफ्नो पदको गरिमा समेत ख्याल गर्न छोडेका छन् । उनको विरुद्धमा समाचार आएको खण्डमा विभिन्न कोणमा गाली गर्ने बानी नै उनलाई परिसकेको छ । त्यसैको उदाहरण स्वरुप यो स्टाटस हेरौं, ‘दरिद्र मनस्थिति भएको मान्छे जस्तो परिवारमा जन्मियोस जीवनभर हरप्रकारले दरिद्र नै भएर बाँच्छ रे ।’ उनले पछिल्लो समयमा लेखेका स्टाटस हेर्ने हो भने नै उनको स्तरको मापन गर्न सकिन्छ । ‘चोर तर्सिए पछि बर्बराउन थाल्छन् रे ?’
उनले आज मात्र पनि फेसबुकमा अर्को स्टाटस लेखेका छन्, ‘तातो पानीले घर जल्दैन । इखले मान्छे मर्दैन । दया लाग्न थाल्यो त्यस्ता मनुवाहरुसँग !’

यहाँ कमेन्ट गर्नुहोस्