११ आषाढ २०८१, सोमबार

लिमिमा अलपत्र विदेशी पर्यटककाे हेलिकप्टर उद्वार

खबरसबैकाे बिहिबार, कार्तिक ०४, २०७८

हुम्ला– हिमपातले हुम्लाकाे लिमिमा अलपत्र परेकाे स्लाेभिनिया ४ जना नागरिक सहित ३ जना नेपाली नागिरककाे हेलिकप्टरबाट उद्वार गरिएकाे छ ।
 हिमपातले तिनदेखि लिमिकाे तुम्लिखमा अलपत्र परेका स्लाेभिनिया ३ जना पुरूष र १ जना महिला र ३ जना नेपाली टेकिङ गाइडकाे  डाइनेस्टिक हेलिकप्टरबाट उद्वार गरि सिमकाेट ल्याएकाे छ ।
सदरमुकाम सिमकाेटदेखि लिमितर्फ हिडेकाे १२ दिन भएकाे टेकिङ गाइड अशिम तामाङले जाजकारी दिए ।
३दिन लिमिकाे तुम्लिक हिमपातले अलपत्र परेकाे तामाङले बताए । लिमिकाे हल्जीबाट टेलिफाेन गरि हेलिकप्टर बाेलाएकाे तामाङकाे भनाई छ ।
उद्वार गरिएका ४ जना स्लाेभिनियाका नागरिक र ३ जना नेपाली रहेकाे सिमकाेट  विमान स्थल सुरक्षा गार्ड श्राेतले जनाएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्