०२ आश्विन २०८१, बुधबार

जडीबुटी संकलनमा एक जना हिउपहिराेमा परि मृत्यु

खबरसबैकाे आइतबार, कार्तिक ०७, २०७८

हुम्ला-जडीबुटी सकलन गर्न हुम्लाकाे चंखेली गाँउपालिका-३ मिमि गएका १ जनाकाे  मृत्यु भएकाे छ ।
मुगुम कार्माराेङ गाउँपालिका-४ कार्तिका ३३ वर्षिय छिरिङ लामा कटुकी सकलन गरि घर फर्किने त्रममा हिउँ पहिराे परि मृत्यु भएकाे हाे ।
छिरिङका  दाजु ३७ वर्षका कार्मा  सुण्डा लामाकाे दाँहिने हात भाँचिएर घाईते भएकाे छ ।
उनका दाजु कार्मा सुण्डा सहित ७ जना दुईदिन लगाएर चंखेली गाँउपालिका-३ मिमि गाउँ हुँदै मुगु फर्किएका छन । जिल्ला प्रहरी कार्यालय मुगुले जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी आएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएकाे छ ।
जडीबुटी संकलन गर्न गएका छाेईटिन लामा,आङजिङ लामा,ताेचे लामा,छाेइटाङ लामा,संगिता लामा,कार्मा सुण्डा लामा घर फर्किएका छन ।
जडीबुटी संकलनमा हिँउपहिराेमा परि मृत्यु भएकाे छिरिङ लामाकाे लास जंगलमै ओडार रहेकाे उनका दाजु कार्मा सुण्डा लामाले घर पुगेर रिपोर्ट गरेपछि जानकारी भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्भ शर्माले बताए ।
चंखेली गाउँपालिका-३ काे मिमि गाउँदेखि दुई टाढा रहेकाेले कुन ठाउमा हाे एकिन गरि मात्रै खाेजीकार्य हुने डिएसपी शर्माकाे भनाई छ । मेल्छाम प्रहरीचाैकीबाट दुईदिन टाढाकाे जंगल भएकाेले खाेजी गर्न प्रहरीलाई कठिन भएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्