१६ चैत्र २०८०, शुक्रबार

जडीबुटी संकलनमा मृत्यु भएका लामाकाे ९ दिनपछि लास फेला

खबर सबैको बिहिबार, कार्तिक ११, २०७८

हुम्ला- जडीबुटी सकंलनका मृत्यु भएका मुगुम कार्माराेड गाउँपालिका ४ का छिरिङ लामाकाे ९ दिनपिछ लास ल्याईएकाे छ । ९ दिनपछि चंखेली गाउँपालिका-३ हाङदाङ खाेला फेला परेकाे हाे ।
आज बुधबार नेपाली सेनाकाे हेलिकप्टरबाट चंखेली गाउँपालिका-३ काे हङदाङ खाेलाबाट छिरिङ लामाकाे लास फेला परेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
मुगु प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक देबेन्द चन्द र मृतकमा आफान्त दुई जना नेपाली सेनाकाे हेलिकप्टर बाट लास ल्याएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएकाे छ ।
मुगुम कार्माराेङ गाउँपालिका- ५ पुलु स्वास्थ्य चाैकीमा पाेष्टमाटम गरिएकाे छ ।
कार्तिक २ गते लामा चंखेली गाउँपालिका- ३ काे हाङदाङ खाेलामा हिँउपहिराे परि मृत्यु भएकाे थियाे भने उनका दाजुकाे दाहिने हात भाँचिएको थियाे । उनका दाजु ३७ वर्षका कार्मा सुण्डा लामा घाईते भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्