१६ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिम डायल भएको प्रचण्डको फोन जब कर्णाली डाइभर्ट भयो

खबरसबैकाे बुधबार, कार्तिक १७, २०७८

काठमाडौं । कर्णाली प्रदेशमा अहिले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बनेका छन् । तर, कर्णाली प्रदेश माओवादी केन्द्रले पूरा कार्यकाल निर्वतमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै रहने दाबी गरेका थिए । निर्णय नै भएको बताएका थिए ।

पूर्व सहमति अनुसार पनि कांग्रेस नेता जीवनबहादुर शाही नै मुख्यमन्त्री हुने निश्चित थियो । तर, राजनीतिमा सहमति र सहकार्यले जीवन्त रुप बिरलै पाउँछन् जुन कर्णालीले पायो । एक शाही मुख्यमन्त्री भए, अर्का शाही बिदा भए ।

शाहीद्वयको माया प्रेम भने गहिरो नै छ । विगतमा लग्जरियस गाडीदेखि विभिन्न भागबण्डामा मतऐक्यता रहेको समाचारहरु सुनिन्थे । हगिगतमा पनि त्यस्तो भएका धेरै उदाहरणहरु छन् ।

कर्णालीमा त कांग्रेसले मुख्यमन्त्री पायो तर, अब सुदूरपश्चिम प्रदेशको चर्चा गरौँ । सुदूरपश्चिम प्रदेशमा पनि सरकार परिवर्तनको हल्ला छ, बहुमत रहेको नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री पाउनुपर्ने बताइसकेको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस पनि तम्सिएको छ । सुदूरपश्चिम प्रदेशका कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई मुख्यमन्त्री बनाइदिन हारगुहार गरिरहेका छन् । तर, त्यो अहिले सम्भव देखिदैन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अहिले निर्वाचनको रन्कोले छोएको छ, अहिले उहाँ जसरी पनि आफू बच्ने र मिलाउने प्रयत्नमा हुनुहुन्छ । गठबन्धन बिना पार्टीको भविष्य नदेखेपछि कर्णालीमा पछि हटेका प्रचण्ड सुदूरपश्चिममा पनि छिट्टै ब्याक हुनेछन् ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्