०१ कार्तिक २०८१, बिहिबार

बखेडा झिकिरहने मुख्यमन्त्री शाहीले गर्न सकेनन् मन्त्रिपरिषद् विस्तार

खबरसबैकाे शनिबार, कार्तिक २०, २०७८

कर्णाली प्रदेशको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री भए पनि मन्त्रिमण्डल विस्तारमा असक्षम भएका छन् ।

उनी मुख्यमन्त्री भएको चार दिन भयो । तर, मन्त्रिमण्डल विस्तार गर्ने नसक्दा आलोचित हुन थालेका छन् ।

संघीय सरकारको नेतृत्व गरेका सभापति शेरबहादुर देउवाले ८८ दिनमा मात्रै मन्त्रिमण्डल विस्तार गर्न सकेका थिए । कर्णालीका मुख्यमन्त्री शाहीले पनि कतै देउवाकै बाटो त समातेका होइनन् ? प्रश्न उब्जिन थालेको छ ।

शाही माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाहीसँग गत बैशाखमा भएको सहमतिअनुसार यही १५ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् ।

माओवादी केन्द्रका एक सांसदका अनुसार मुख्यमन्त्री शाही जहिले पनि बखेडा मात्रै झिक्छन् । त्यो पनि मन्त्रिमण्डल विस्तार हुन नसक्नुको कारण मान्छन् ।

‘उहाँ जहिले पनि बखेडा मात्र झिक्नुहुन्छ । पहिला सम्झौताविपरीत दुई मन्त्रालयको माग गर्नुभयो र मन्त्रालय फुटाउनुपर्ने अवस्था आयो । अहिले पनि उहाँले मुख्यमन्त्रीसहित २ मन्त्रालयको माग गर्नुभएको छ । त्यही आधारमा सरकार विस्तार हुन सकेको छैन’, फरकधारसँग ती माओवादी सांसदले भने, ‘उहाँलाई सम्झौताअनुसार नै मुख्यमन्त्री बनाएको हो । उहाँले अरुलाई सम्झौताको बढी कुरा हुन्छ । आफू कहिल्यै पालना गर्नुहुन्न ।’

शाहीलाई मुख्यमन्त्रीमा माओवादीका १२, कांग्रेसका ६ र नेकपा (एकीकृत समाजवादी) तीन गरी २१ सांसदले समर्थन गरेका थिए ।

उनले हाल मुख्यमन्त्री भएर अन्य दुई मन्त्रालय पनि सम्हालेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्