०२ कार्तिक २०८१, शुक्रबार

चारदिन देखि सर्केगाडकाे रिप र उनापानी संञ्चार बिहिन

खबर सबैको आइतबार, कार्तिक २१, २०७८

हुम्ला- सर्केगाड गाउँपालिका-२ रिपकाे लेखमा रहेकाे नेपाल टेलिकमकाे टावर बिग्रिएरकाे छ ।

करिब चार दिनदेखि टेलिकमकाे टावर बिग्रेएपछि सर्केगाड गाउँपालिका-२ र ३ नम्बर वडा संञ्चारबाट बञ्चित भएका छन ।
टेलिकमकाे टावरले काम गर्न छाेडेपछि आफान्तसँग फाेन गर्नबाट बञ्चित भएकाे सर्केगाड गाउँपालिका-३ का जनक फडेराले जानकारी दिए ।

४ दिनले टावरले काम गर्न छाेडेपछि संञ्चार बिहिन भएकाे फडेराले बताए ।
१७ गते दिउसाे १२ बजेबाट टेलिकमकाे टावरले काम गर्न छाेडेकाे सर्केगाड गाउँपालिका-३ स्थानीय कालिबहादुर महताराकाे भनाई छ ।
कहाँ के भएकाे आफुहरूलाई जानकारी नभएकाे महताराले बताए ।
मर्मतकाे लागि कुनै पनि निकायले चासो नदेखाएको महताराले दुखेसाे गरे । टावरले काम गर्न छाेडेपछि झण्डै दुई हजार सेवाग्राहीले सास्ती भाेग्न बाध्य छन्।

यहाँ कमेन्ट गर्नुहोस्