०३ जेठ २०७९, मंगलबार

मन्त्रीमण्डल विस्तार गर्न छाेडेर अनुगमनकाे नाटकमा :मुख्यमन्त्री शाही हुम्ला

खबरसबैकाे आइतबार, कार्तिक २१, २०७८

  • हुम्ला– मन्त्रीमण्डल  विस्तार गर्न छाेडेर कर्णाली  प्रदेशका मुख्यमन्त्री जीवन  बहादुर शाही हुम्ला पुगेका छन ।
कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री भए पनि मन्त्रिमण्डल विस्तारमा असक्षम भएका छन् ।
मुख्यमन्त्री भएकाे एकसाता बितिकसक्दा पनि मन्त्री मण्डल विस्तार गर्न छाेडेर बाढी पहिराे क्षतिकाे अनुगमनकाे बाहानामा हुम्ला पुगेका हुन ।
 उनी मुख्मन्त्री भएकाे एक हप्ता दिन भयाे ।  तर मन्त्रिमण्ल  विस्तार नहुदाँ उनकाे आलाेचना हुन थालेकाे छ ।
 मुख्यमन्त्री भएसँगै हेलिकप्टर चार्टर गरि खार्पुनाथ गाउँपालिका-२ थाली र  खार्पुनाथ गाउँपालिका-५ खर्पेलगाउँकाे भु- भाग हेलिकप्टरबाट अनुगमन निरिक्षणकाे कार्यक्रम तय गरेका छन ।
कर्णालीका एक साँसदले भने मन्त्रीमण्डल विस्तार गर्न छाेडेर मुख्यमन्त्री हेलिकप्टर लिएर हुम्ला पुगेका छन ।
सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण रिजाल,कांग्रेस हुम्ला जिल्ला सभापति,माेहन बिक्रम
सिहं,खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल लगायतका पाँच सदस्यीय टाेलि हेलिकप्टर चार्टर गरि हुम्ला पुगेका छन ।
  २सय ४१ स्थानमा क्षति शाही राेजाई खार्पुनाथ
तीन परेकाे अविरल वर्षाले जिल्लाका २ सय ४१ स्थानमा क्षति पुर्याएकाे छ । भने ६ जनाकाे ज्यान लिएकाे छ । जिल्ला विभिन्न स्थानमा अन्नवालि देखि खेतबारी, र घर भत्किएकाे  जिल्ला प्रहरी कार्यालय हुम्लाकाे तथ्यांक छ ।  पशु पालन तर्फ ५ लाख ४० हजार क्षति भएकाे तथ्यांकमा उल्लेख छ भने अन्य क्षति गरि १८ लाख ५ हजार धनमालकाे क्षति भएकाे पाइएकाे छ ।
२४ लाख बराबरको अन्य बालि र घेरवारकाे क्षति पुगेकाे धाँन बालि मात्रै २५ लाखकाे क्षति भएकाे कृषि विकास कार्यालय हुम्लाले जनाएकाे छ । मुख्मन्त्री शाहीकाे राेजाई  खापुनार्थका -२थाली र ५ नम्बर वडा खर्पेलगाउँ लक्षित गरि हेलिकप्टर अनुमगन तथा निरिक्षणकाे कार्यक्रम तय गरिएकाे छ ।  मन्त्रीमण्डल विस्तार
 गर्न छाेडेर बाढी पहिराे अनुगमनकाे नाटकमा मुख्यमन्त्री शाही हुम्ला पुगेका छन ।
शाही माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाहीसँग गत बैशाखमा भएको सहमतिअनुसार यही १५ कात्तिकमा मुख्यमन्त्री बनेका उनी मन्त्रीमण्डल विस्तार गर्न छाेडेर अनुगमनकाे बाहना बाेकेर हुम्ला पुगेका छन ।
शाहीलाई मुख्यमन्त्रीमा माओवादीका १२, कांग्रेसका ६ र नेकपा (एकीकृत समाजवादी) तीन गरी २१ सांसदले समर्थन गरेका थिए । अब उनकाे कार्यकाल वैशाख सम्म रहनेछ।

यहाँ कमेन्ट गर्नुहोस्