२१ आश्विन २०८१, सोमबार

प्रेस नेपाल हुम्लाको चौथो जिल्ला अधिवेशन सम्पन्न तामाङ बने अध्यक्ष

खबर सबैको बिहिबार, कार्तिक २५, २०७८

प्रेस नेपाल हुम्लाको चौथो जिल्ला अधिवेशनबाट नरजन तामाङ अध्यक्षमा चयन भएका छन । तामाङको नेतृत्वमा १५ सदस्यीय प्रेस सेन्टर हुम्लाको जिल्ला कमिटि चयन भएको हो ।

प्रेस सेन्टर नेपाल हुम्ला जिल्ला कमिटीले रोजेको नेतृत्व पाएको छ सधै पत्रकारिता जगत निष्ठा पुर्वक अनवरत रुपमा अथक प्रयास व्यवसायीक क्षेत्र बनाएका तामाङ विकटको पत्रकारिका निकटको आवाज बनेका छ्न ।

हुम्ला जस्तो विकट जिल्लामा न्याय अत्यचार भष्टचार ,शिक्षा स्वास्थ्य ,विकास निर्माण लगायतका हुने गरेका अनियमितता न्युनिकरण गर्दै अशिक्षित समाजरुपान्तरण गर्न ,बुझाउन कठिनाइ मात्र नभइ रिपोर्टिङ गर्न समेत होमम्याइ होमम्याइ हुन्छ,त्यसका बाबजुद पनि निरन्तर कलम चलायमान बनाइ आवाज बुलन्द गर्दै आएका तामाङ लाई माओवादी निकट प्रेस सेन्टर नेपाल हुम्ला नेतृत्व सम्पिएकोमा संगठन लाई हार्दिक आभार सहि त धन्यवाद दिएका छ्न ।

जुन विश्वासले नेतृत्व मलाई गर्ने मौका दिएको छ्न ,यसमा मेरो अठोट प्रयास रहने जटिल खबर संग कुरा गर्दै अध्यक्ष तामाङले बताउनु भयो ।

१ . पहिलाे लक्ष्य जिल्लाका सातै गाउँपालिका संगठन विस्तार गर्न ।
२. नयाँ जाेश जागरिला युवा पत्रकारहरू उत्पादन गर्न ।
३ .जिल्लामा न्याय अत्यचार भष्टचार शिक्षा स्वास्थ्य ,विकास निर्माण लगायतका हुने गरेका अनियमितता न्युनिकरण गर्न ।
४.समाजमा क्षमतावान युवाशत्तिलाई क्षमता अभिवृद्धि गरि पत्रकारिता गराउने समन्वय गर्न ।
५.पत्रकारिता पेशा पैसा कमाउने पेशा भन्दा बढि समाजिक सेवा हो । पैसा कमाउने हो भने पत्रकारिता भन्दा अरु पेशा रौजौ। यधपि राम्रो जनपक्षीय पत्रकारिता गर्दा पैसा पनि कमाइ नहुने होईन ?
६माेपसलमा पत्रकारिता कठिनाई छ,अन्याय अत्यचार भणडाफाेर गर्न निरन्तर कलम चल्ने अध्यक्ष तामाङले जानकारी दिनु भयो ।

अध्यक्ष तामाङ ,उपाध्यक्ष एम बि थापा, समावेशी उपाधयक्षमा सर्मिला सिहं, सचिव भत्तराज ऐडी, कोषाध्यक्ष तुलराज बुढा, सहसचिव अविनास लामा, समावेशी सहसचिव राजेन्द्र नेपाली चयन भएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य अर्जुन बोहराले जानकारी दिए । तामाङ निर्विरोध निर्वाचित भएको केन्द्रीय सदस्य बोहराले जानकारी दिएका छन् ।

चौथो जिल्ला अधिवेशन सर्वसम्मत तामाङ चयन भएका हुन उनी जिल्लाका जुजारू इमान्दार नेतृत्व भएको केन्द्रीय सदस्य बोहराको भनाई छ । चौथो अधिवेसन उत्घाटन सत्रमा जिल्लाका पत्रकारलाई सहि समचार सम्प्रेशण गर्दा पनि चुनौती रहेको जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावतले बताए ।

जिल्ला अधिवेशनलाई शुभकाना दिँदै जिल्ला अध्यक्ष लालकेश जैसीले पार्टीका गल्तीलाई ढाकछोप नगरी अघि बढ्न आग्रह गरेका थिए । सबैले चाहेको न्याय हो, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा पत्रकार सहि सत्य र तथ्यमा आधारित रहेर अघि बढ्नेमा विश्वास दिलाएका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्