२७ भाद्र २०८१, बिहिबार

आफान्तलाई टिकट बाँडेर एलायन्सका कर्मचारी माेबाईल अफ गर्छन

खबरसबैकाे शुक्रबार, कार्तिक २६, २०७८

हुम्ला– राष्ट्रिय सडक सञ्जाल सँग नजाेडिएका हुम्लाकाे एक मात्रै विकल्प हाे हवाई जहाज । सर्वसाधारण नागरिकलाई जहाज टिकट पाउन सधै सास्ती हुने गरेकाे छ ।
दशै तिहार मनाउन घर आएका विद्याथीहरूलाई जहाजकाे टिकट नपाउदाँ पढाईसमेत छुटेकाे बताउदै आएका छन ।
दुईसातादेखि जहाज टिकट नपाएपछि मंसिर १ गते हुने परिक्षा छुट्ने भन्दै खार्पुनाथ-१ का विष्णु रावल छटपटाईरहेका छन ।
उनकाे हातमा जिल्ला प्रशासन कार्यालयबाट सिफारिस र क्याम्पसकाे परिक्षा रूटिङ सहित विमानस्थल धाउँदा पनि टिकट नपाएकाे दुखेसाे गरे ।
 उनले भने मेराे परीक्षा छुटेपछि जे पनि गर्न बाध्य हुनेछु उनकाे आकाेश रहेकाे छ  ।
टिकट भित्रभित्रै वितरण हुन्छ बिहान ४ बजे लाईनमा बसेपछि टिकट नपाएकाे रावलले बताए । जहाजकाे  भाडा हाेटेलमै बस्दा खादाँ पनि सकियाे रावलले बताए ।
 सिमकाेट गाउँपालिका-७ का जसबहादुर शाही छाेरालाई नेपालगञ्ज पठाउनकाे लागि जहाज टिकट कुरेकाे पाँच दिन भएकाे बताए । टिकट भित्रभित्रै वितरण हुदाे रहिछ हामी सर्वसाधारणले थाहै हुदैन शाहीकाे भनाई छ ।
तारा एयरलाइन्सले हिजाे ३ जनाकाे मात्रै चिटा हालेर फालेकाे थियाे हामीले पाउन सकेनाै उनले भने । अरू टिकट भित्रै आफान्तलाई बाँडेछ शाहीले दुखेसाे गरे ।
समिट र ताराले आफान्तलाई भित्रभित्रै टिकट बाँढछन  हामी लाईन बसेपनि पाउदैनाै शाहीकाे गुनासाे छ ।
सीता एयर टेक्निकल समस्या भएपछि जहाज टिकटकाे हाहाकार भएकाे यात्रुहरूकाे दुखेसाे छ ।
उडान कम भएसँगै सयाै संख्यामा विद्यार्थी सिमकाेट विमानस्थल मै अलपत्र भएका छन ।
सराेकारवाला निकाय टुलुटुलु हेरी बसेछन
निजि क्षेत्र एयरलाइन्स कम्पनीले मन लाग्दी रूपमा फलाईट गरेपनि जिल्लाका राजनिती दल,स्थानीय प्रशासन,नागरिक समाज,जनप्रतिनिधिहरूका आँखामा पट्टि  बाँधेर बसेका छन । जिल्लाबाट बाहिर जाने नागरिक जहाज टिकटकाे सास्ती खेप्दै आएपनि ध्यान यस तर्फ केन्द्रित देखिएकाे छैन ।
निजि क्षेत्रका एयरलाइन्स कम्पनीहरूले आफान्तलाई टिकट बाडेर माेवाइल अफ गरि व्यतिगत नम्बर चलाएर आफान्तलाई टिकट बाँध्न चलन छ ।
एयरलाइन्सका कर्मचारी छुट्टै फाेन प्रयाेग गरि बस्ने गरेका छन ।  निजि क्षेत्रका एयरलाइन्सले मनपरी उडान र आफ्नाे अनुकल फलाईट गरेपछि स्थानीय नागरिक यसकाे सिकार भएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्