१५ चैत्र २०८०, बिहिबार

लिमिदेखि रिमीसम्म संगठन बलियो गर्ने माओवादी केन्द्रको अभियान

खबरसबैको बिहिबार, मंसिर ०२, २०७८

हुम्ला–नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले संगठन मजबुद्ध बनाउने अभियान थालेको छ । जिल्लाको सातै स्थानीय तहको राजनीतिक र संगठन बलियो बनाउन उत्तरी लिमिदेखि दक्षिणी भेग रिमिसम्मको अभियान संञ्चालन गरेको हो ।

जिल्लाको सातै गाउँपालिकाको राजनितिक संगठानात्मक रिर्पोट लिने रिर्पोटमाथी उठेका विषयका बारे नेताहरुले स्पष्ट पार्ने माओवादी केन्द्रको दोस्रो जिल्ला बैकठले निर्णय गरेको छ । जिल्लाका सात गाउँपालिका र ४४ वटा वडापालिकामा संगठानात्मक रिर्पोट लिने र त्यसको विषयमा छलफल हुने माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालकेश जैसीले जानकारी दिए ।

उत्तरी लिमिदेखि दक्षिणी रिमिसम्म वडा र गाउँपालिका सम्मेलन प्रभावकारी र व्यवस्थित गर्ने माओवादी केन्द्रका अध्यक्ष जैसीले बताए । सातै गाउँपालिकामा जिल्लाका अग्रहज नेताहरुलाईको जिम्मेवारी बाँडफाँड गरी अभियान सञ्चालन हुन थालेको अध्यक्ष जैसीको भनाई छ । ताजाँकोट गाउँपालिका माओवादी केन्द्रको जिल्ला इन्र्चार्ज बिजय भण्डारी अदानचुली गाउँपालिकामा जिल्ला अध्यक्ष लालकेश जैसी र चंखेली गाउँपालिकामा प्रदेश कमिटि सदस्य कार्चेन लामा सर्केगार्ड गाउँपालिकामा प्रदेश कमिटि सदस्य डा दीपेन्द्र रोकायाको जिम्मा रहेको छ । भने खार्पुनाथ गाउँपालिकामा पुर्व साँसद एवम प्रदेश कमिटि सदस्य छिमिदोर्जी लामा र सिमकोट गाउँपालिकामा माननिय साँसद एवक प्रदेश कमिटिका सदस्य छक्कबहादुर लामा अभियानमा जाने निर्णय भएको जिल्ला अध्यक्ष जैसीको भनाई छ ।

यस्तै गरी दुई प्रदेशिक निर्वाचन समिति रहेको हुम्ला जिल्लामा मंसिर १५ गते ख निर्वाचन क्षेत्र र मंसिर १८ क निर्वाचन क्षेत्रमा कार्यक्रतालाई प्रशिक्षण कार्यक्रम तय भएका माओवादी केन्द्रका जिल्ला अध्यक्ष जैसीले बताए ।
जिल्लाबाट कर्णाली प्रदेश सरकारको प्रतिनीधित्व गर्ने कार्चेन लामालाई जिल्लाबाट सिफारिस गर्न महत्वपुर्ण निर्णय गरिएको अध्यक्ष जैसीले नयाँ पत्रिकासँग भने ।

यहाँ कमेन्ट गर्नुहोस्