खबरसबैको आइतबार, मंसिर १२, २०७८

नेकपा (माओवादी केन्द्र) को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न गर्ने पुर्व योजना बमोजिम हुम्लामा पनि सम्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरे ।
कार्यतालिका बमोजिम हुम्लाका सावै पालिकामा पनि उद्घाटन समारोह सम्पन्न भएको छ । अधिकांश स्थानमा उद्घाटनसत्र सम्पन्न गरेर नेतृत्व चयनको प्रक्रिया चलिरहेको माओवादीका केन्द्रीय हुम्लाले जानकारी दिएको छ ।
त्यस्तै हुम्लाको सर्केगाड गाउँपालिकामा पनि उद्घाटन समारोह सम्पन्न भएको जानकारी प्राप्त भएको छ । विभिन्न झाँकी तथा साँस्कृतिक नाच, र्याली, देउडा सहित सहित गाउँपालिकाका सबै वडा वाट समर्थकको सहभागिता रहेको थियो ।
केही तस्विरहरू
यहाँ कमेन्ट गर्नुहोस्