१६ चैत्र २०८०, शुक्रबार

पाँच वर्ष पछि गाउँपालिकाले पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम गर्यो

खबरसबैको शुक्रबार, मंसिर १७, २०७८

हुम्ला- सर्केगाड गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । संघियता लागु भएको पाँच वर्ष पछि गाउँपालिकाले पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
गाउँपालिकाले आर्थिक बर्ष ०७७र०७८मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले पाँच वर्ष पछि सार्वजनिक सुनुवाई गर्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण केशर अचार्य बताएका छन् ।
सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकाया अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रममा इलाका प्रशासन कार्यालय प्रमुख भिम रोकाया, सुरक्षा निकाएका प्रमुखहरु, जनप्रतिनिधी तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो ।
सर्केगाड गाउँपालिकाकाको आयोजनामा तथा किर्डाक, नेपाल र महिला कल्याण सेवा, हुम्लाको को सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिएका छन् । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले यस अधिका वर्षमा कर्मचारीको सरूवा र गाउँपालीकाका विभिद समस्याले सार्वजनिक सुनुवाइ गर्न नसकेको दर्शाएका थिए ।
विगद्का वर्षका कुरा जे भएनि अाफु नभएको र अव अाफुहुन्जेल सर्केगाडका सम्पुर्ण सर्वजनिक चासोका कुरा व्यावस्थित गर्ने प्रमुख प्रशासकीय अधिकृत कृष्ण केशसर अचार्यले प्रतिवद्दता गरेका छन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्