२८ भाद्र २०८१, शुक्रबार

सर्केगाड गाउँपालिकाले चित्रकला प्रतियोगिता गरेर मनायो, ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

“हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार” भन्ने राष्ट्रिय नाराका साथ आज अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस

खबरसबैको शुक्रबार, मंसिर १७, २०७८

हुम्ला – “हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार” भन्ने राष्ट्रिय नाराका साथ आज अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस हुम्लाको सर्केगाड गाउँपालिकामा पनि मनाईएको छ ।

दिवसको अवसरमा सर्केगाड गाउँपालिकाले चित्रकला प्रतियोगिता गरेर मनाएको छ । दिवस गाउँपालिकाको अयोजना र हेड, नेपालको सहजिकरणमा सञ्चालन भएको हो ।

प्रतियोगिता गाउँपालिका भित्रका माध्यामिक तहमा अध्यनरत पाँच अपांगता भएका  विद्यार्थिले भाग लिएको जनाइएको छ । चित्रकलामा लक्ष्मी शाही प्रथम, पवन शाही दृतिय, भक्त बहादुर बुढाथोकी तृतिय भएको र सहभागि लाइ शैक्षिक सामाग्री प्रदान गरिएको हेड, नेपालका फिल्ड संयोजक लोकराज शाहीले खबर सबैको लाइ जानकारी दिएका छन् ।

कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्ण रोकायाको अध्यक्षतामा सञ्चालन भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्