१६ चैत्र २०८०, शुक्रबार

हुम्लाको सर्केगाड नमस्तेको टावरमा खराबी, बन्न थप दुई तिन दिन लाग्ने

खबरसबैको मंगलबार, मंसिर २८, २०७८

हुम्लाको सर्केगाड गाउँपालिका वडा न ५ गोठी गाउँनजिक रहेको नमस्तेको टावरमा खराबी हुँदा त्यस क्षेत्रका नागरिक टेलीफोन सेवाबाट बन्चित भएका छन् ।  टावरमा २३ गते बुधबार देखि समस्या देखिएको सर्केगाड गाउँपालिका ४ न वडा का स्थानिय होटल व्यावसायी जस बहादुर शाहीले जानकारी दिए ।

नमस्तेको टावरमा खराबी आउँदा सर्केगाड गाउँपालिकाको केन्द्र सर्केगाड बजार , वडा न १ को गोठी लगाएतका बासी टेलिफोन सेवा बाट बन्चित भएका छन् ।

शाहीका अनुसार फोन सेवा अवरुद्ध हुँदा व्यावसायमा प्रत्यक्ष बाहेक टेलीफोन बाट हुने काम प्रभावित भएको र दुख पाएको गुनासो छ । त्यस्तै घरमा फोन गर्न टेलिफोनले काम नगर्दा  १ घन्टा हिडेर मुन्डीडाँडा पुगेर फोन गरेको किर्डाक, नेपालमा कार्यरत ज्ञानेन्द्र पन्त बताउँछन् ।

उता नेपाल टेलिकम  हुम्लाका प्राबिधिक गोर महतका अनुसार युपिएच मोडिम बिग्रेको र सुर्खेत बाट मगाइ सकेको जानकारी दिए । युपिएच मोडिम आएपछि बन्न थप, दुई तिन दिन लाग्ने खबर सबैको लाइ जानकारी दिएकाछन् ।

यहाँ कमेन्ट गर्नुहोस्