१६ चैत्र २०८०, शुक्रबार

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सोमबार विहान पुनः जनाको घाँटी रेटेर हत्या

खबर सबैको सोमबार, पुष १२, २०७८

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सोमबार विहान पुनः जनाको घाँटी रेटेर हत्या भएको छ ।

वडा नम्वर १ बरहीविरपुरका ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या हो । बिहान घरबाट खरानी लिएर खेत पुगेकी यादवको खेतमै घाँटी रेटिएको अवस्थामा शव बरामद भएको स्थानीय शुभनारायण यादवले जानकारी दिए ।

यता, सप्तरी प्रहरीका प्रवक्त प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले घटनातर्फ प्रहरी टोली खटाइएको बताए । ‘प्रारम्भिक अनुसन्धानले हत्या भएको नै बुझिन्छ, थप अनुसन्धान भइरहेको छ’, उनले भने ।

यसअघि गत मंसिर ८ गते सोही गाउँपालिका वडा नम्वर ६ खुदिबखारीमा ८१ वर्षीय वृद्धको पनि घाँटी रेटि हत्या भएको थियो । सो घटना रहस्यमै रहेको अवस्थामा अर्को पनि सोही प्रकृतिको घटना हुनुले स्थानीय त्रसित बनेका छन् ।

प्रहरी नायव उपरीक्षक काफ्लेले सो घटनाबारे पनि अनुसन्धान भइरहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्