खबरसबैकाे बुधबार, पुष १४, २०७८
हुम्ला- हिमाली जिल्ला हुम्लामा याेे वर्षकाे पाँचौ पटककाे हिमपात हाे । हिमपात भएसँगै जिल्लामा चिसाे अत्याधिक बढेकाे छ । माइनस १२ डिग्री पुगेकाे छ भने जिल्लाका कृषकहरू समेत हषित बनेका छन ।
जेठासी बाली राम्रो हुनेभएपछि कृषकहरूकाे मुहारमा खुसी छाएकाे छ ।
जिल्लाका दक्षिणि ताजाँकाेट,अदानचुली,खार्पुनाथ,चंखेली,सर्केगाड गाउँपालिका केही भेगमा पानी परेकाे छ ।
उत्तरी नाम्खा गाउँपालिका लिमिका तीन गाउँ तिल,जाँङ,हल्जी,चाला,यारी लगायतका स्थानहरूमा अत्याधिक हिमपात भएकाे छ ।
चिसाे बढेसगै जिल्लाका अधिकांश बालबालिका,वृद्ध वृद्धाहरू चिसाेले प्रभावित भएका छन ।
हिमपातले सरकारी तथा गैहसरकारी कार्यालयका कर्मचारीहरू काम गर्न सकस भएकाे छ । याे वर्षकाे पाँचाै पटक हुम्लामा हिमपात भएकाे छ।
यहाँ कमेन्ट गर्नुहोस्