०३ जेठ २०७९, मंगलबार

दिगाे विकास परियाेजनाले गर्यो पालिका स्तरिय अनुगमन

खबरसबैकाे शुक्रबार, पुष १६, २०७८

हुम्ला-ग्रामिण हिमाली क्षेत्र दिगाे विकास परियाेजना (टिडिएच) जर्मनीकाे सहयाेगमा गाउँपालिका स्तरीय अनुगमन गरेकाे छ ।

गामिण जनउत्थान विकास कार्यक्रम हुम्लाले आर्थिक वर्ष ०७८/०७९ काे पालिका स्तरीय अनुगमन गरेकाे हाे ।

गाउँपालिका उपाध्यक्ष साैमती ऐडी रावल,वडाध्यक्ष लगायतकाे टाेलीले अनुगमन गरेकाे गामिण विकास कार्यक्रम हुम्लाका अध्यक्ष रमेश ऐडीले जानकारी दिए ।

गाँउपालिका विभिन्न स्थानका नर्सरी स्याउ फर्म,ओखर र माैैरी घार जस्ता गतिविधिकाे अनुगमन गरेकाे ग्रामिण जनउत्थान विकास कार्यक्रम हुम्लाका अध्यक्ष ऐडीले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्