०२ कार्तिक २०८१, शुक्रबार

कोरोना बढेसँगै सिंहदरबार प्रवेशमा कडाइ

खबरसबैको बिहिबार, पुष २९, २०७८

कोभिड १९ ओमिक्रोन भेरियन्टको संक्रमणको जोखिम बढेको भन्दै गृह मन्त्रालयले सिंहदरबार परिसरभित्र प्रवेशमा कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर हालसम्म भएका सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयलगायतबाट जारी भएका सबै प्रकारका स्थायी अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने भएको छ ।

अस्थायी वा स्थायी परिचयपत्र बनाउनुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने निर्णय गरेको छ । सूचना विभागबाट जारी भएको पास भएका पत्रकारहरू मात्र सिंहदरबारभित्र प्रवेश गर्न पाउनेछन् ।

सूचानाहेराैं                                                                             सूचना

यहाँ कमेन्ट गर्नुहोस्