१५ चैत्र २०८०, बिहिबार

सुख्खा पहिरोमा पुरिएर तिन जना बेपत्ता

खबरसबैको बिहिबार, पुष २९, २०७८

धादिङमा खसेको सुख्खा पहिरोमा पुरिएर तिन जना बेपत्ता भएका छन् । पुरिएका तीन जनाको खोजी गर्न सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ।

बिहीबार बिहान साढे ७ बजे रूबी भ्याली गाउँपालिका वडा नम्बर १ पुरूमा खसेको पहिरोमा पुरिएकाहरूको खोजी गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको छ। प्रहरी टोली हेलिकप्टरमार्फत् पहिरो खसेको स्थानमा पुगेको हो।

सुख्खा पहिरोमा सडक खनिरहेका डोजर चालकसहित तीन जना पुरिएका हुन्।

काभ्रे घर भएका डोजर चालक अन्दाजी २७ वर्षीय आकाश तामाङ, सहचालक राजु तामाङ र साइट हेर्न बसेका सडक निर्माण समितिका स्थानीय अनिष तामाङ बेपत्ता छन्।

 

यहाँ कमेन्ट गर्नुहोस्