०३ जेठ २०७९, मंगलबार

एमालेको सचिवालय बैठक १९ गते हुँदै

खबरसबैको सोमबार, माघ १७, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको सचिवालय बैठक बोलाएको छ । एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेका केन्द्रीय कार्यालयको बैठकले माघ १९ गते सचिवालय बैठक बोलाएको छ ।
बैठकमा पार्टीको हालै सम्पन्न जिल्ला अधिवेशन तथा राष्ट्रिय सभा निर्वाचनको बारेमा समीक्षा गर्ने लगायतका तयारी रहेको छ । आजको बैठकले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दबाब पनि दिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्