०४ जेठ २०७९, बुधबार

माटोको ढिस्कोले पुरिएर हुम्लामा एक महिलाको मृत्यु

खबरसबैको बुधबार, माघ १९, २०७८

हुम्लाको खार्पुनाथ गाउँपालिका, प्यूस गाउँकी एक जना महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । घर लिपपोट गर्ने माटो खन्दै गर्दा माथिबाट आएको ढिस्कोमा पुरिएर महिलाको मुत्यु भएको हो ।

प्यूस गाउँका ४० वर्षीय देबकी शाहीको ढिस्कोमा पुरिएर मृत्यु भएको स्थानीयले जानकारी दिए । आज बिहान मुसेडीमा घर लिपपोट गर्ने माटो लिन गएका बेला पुरिएर उनको मृत्यु भएको छ।

तीन जना महिला माटो लिन गएकमा दुई जना बाहिर बसेको र एक जना भित्र खाल्डोमा माटो खन्दै गर्दा ढिस्को खसेर पुरिएर घटनास्थलमै मृत्यु भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्