०३ जेठ २०७९, मंगलबार

शिक्षा सेवा विशेष ( नेपालको शैक्षिक इतिहास)

खबरसबैको बुधबार, माघ १९, २०७८

रणोद्दीप सिंहको समयमा भएको शिक्षाको विकास

  •  वि.सं. १९३४ (सन् १८७७) धीर शमशेरले प्रधानमन्त्री समक्ष रानीपोखरी संस्कृत पाठशाला खोल्ने विन्ती चढाएका र त्यसपछि स्वीकृति भएको
  •  दरवार स्कुललाई रानीपोखरीको उत्तरपट्टि दरवारभित्र सानो चोकमा राख्ने काम धीर शमशेरले गरेका त्यति बेला यो स्कुल ८ कक्षा सम्मको थियो
  • वि.सं १९३४ मा केदार नाथ चटोपाध्याय दरवार हाइस्कुलको पहिलो वङ्गाली हेडमास्टरमा नियुक्त
  • १९३५ मा क्या. गरुढध्वज राना नेपालीहरूमध्येबाट पहिलो दरबार हाइस्कुलमा अङ्गे्रजी पढाउन नियुक्त
  • वि.सं. १९३८ मा जनरल केदार नरसिंह शिक्षा डाइरेक्टरमा नियुक्त
  •  वि.सं. १९४१ वैशाख – १ धीर शमशेरले गुठी राखी रानीपोखरी संस्कृत पाकशालाको स्थापनाका लागि गुठीको बन्दोबस्त र ५४ जना बटुकहरूका लागि सङ्कल्प समेत गरेका थिए । तर उनको मृत्यु भएका कारण सम्भव भएन
  • रानीपोखरी संस्कृत पाठशाला पण्डित लोकराज पाण्डेको दलानबाट प्रधानमन्त्री रणोद्दीप सिंहले आफ्नो दरवार नजिक रानी पोखरीको उत्तरपट्टिको टहरामा र केही समयपछि रणमुक्तेश्वरको सत्तलमा सार्न लगाएका
  • वि.सं. १९४१ मा नेपालमा पञ्चाङ्ग छापिन थालेका

यहाँ कमेन्ट गर्नुहोस्