०३ जेठ २०७९, मंगलबार

हुम्लामा भारी हिमपात साढे दुई फिट भन्दा बढी जम्याे(फोटोफिचर)

खबरसबैको शुक्रबार, माघ २१, २०७८

हुम्ला- बिहिवार बिहानदेखि परेकाे हिमपातले जनजिवन कष्टकर भएकाे छ । हिमपातभएसँगै जिल्लाका व्यापार व्यवसाय समेत प्रभापित भएको छ। सदरमुकाम सिमकाेटका हाेटेल पसल व्यवसाय कम मात्रै खुलेका छन् ।

हिमपातले ट्याक्टर छोपेको, फोटो साैजन्यः नरजन तामाङ

लागातार बिहानदेखि परेककाले  झण्डै साढे दुई फिट हिउँ जमेकाे छ । उत्तर नाम्खा गाउँपालिका लिमि,चाला,यारी लगायतका स्थानमा चाैरी पालक कृषकलाई समेत सकश बनेकाे छ । हिउँ घाँसे मैदान ढाँकेपछि चाैरीलाइ चरन क्षेत्रकाे समस्या भएकाे छ ।

हिमपातले नेपालगन्ज, सुर्खेत लगायतका उडान हुदै आएका हवाई उडान समेत ठप्प देखिएका छन् । निजि एयरलाई सीता,समिट,तारा एयरले उडान भर्न समेत सकेका छैन । हुम्ला जिल्लामा याे वर्ष ठुलाे हिमपात हाे । लागातर हिमपातका कारण चिसाे अत्याधिक बढेपछि सरकारी गैरसरकारी कार्यालय काम गर्न समस्या बनाएकाे छ।नेपाल टेलिकमकाे टावरले समेत काम गर्न छाेडेपछि जिल्लाका सञ्चारकर्मी लाई समस्या बनाएकाे छ।

हिमपातले गाडिहरू छोपेको, फोटो साैजन्यः नरजन तामाङ

फोटोः नरजन तामाङ

यहाँ कमेन्ट गर्नुहोस्