०५ कार्तिक २०८१, सोमबार

एसईई वैशाख ९ गतेदेखि हुने

खबरसबैको बुधबार, माघ २६, २०७८

काठमाडौं – माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बताएका छन् ।

परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्